काँग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे पुनः बस्ने

काँग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे पुनः बस्ने


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ ।

बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी आजको बैठक स्थगित भएको काँग्रेस नेता डा. प्रकाश शरण महतले जानकारी दिए ।

आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा जानकारी गराएका थिए ।

विशेष महाधिवेशनको माग गर्नेहरूको जोड नियमित महाधिवेशन गर्ने रहेकाले बैठकका क्रममा नियमित महाधिवेशनमा समझदारी हुने जानकारी गराएका थिए ।

काँग्रेस बैठकमा शेखरको प्रश्न: अरु दलले मंसिरमा महाधिवेशन गर्न सक्ने, हामीले किन नसक्ने ?
बैठकमा संस्थापन इतरका नेता डा. शेखर कोइराला, केन्द्रीय सदस्यहरू मोहन बस्नेत, राजीव कोइराला लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

बैठक २८ असोजमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।