मैत्रीपूर्ण फुटबल प्रतियोगितामा इरानसँग नेपाल ३-० ले पराजित

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा इरानसँग नेपाल ३-० ले पराजित


काठमाडौँ । नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगितामा नेपाल इरानसँग पराजित भएको छ।

शुक्रबार साँझ भारत शिलोङस्थीत जवाहरलाल नेहरु स्टेडियममा सम्पन्न पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले पराजित गरिसकेको छ। यो प्रतियोगितामा नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्ने तालिका छ।

फिफा वरीयतामा इरान ७०औँ र नेपाल ८९औँ स्थानमा छ ।

यसअघि नेपाल र इरानको महिला टोलीबीच एक पटक मात्र खेल भएको छ । ६ वर्ष अगाडि नेपाल र इरानले २०१९ मा खेलेका थिए। जसमा नेपाल ३-० ले विजयी भएको थियो।