अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली युवा क्रिकेटरको मृत्यु

अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली युवा क्रिकेटरको मृत्यु


काठमाडौँ । अभ्यासका क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ ।

१७ वर्षीय बेन अस्टिनको अस्पतालमा लाइफ सपोर्ट सिस्टममा राखिएकै अवस्थामा उनको मृत्यु भएको हो ।

मेलवर्नमा नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले टाउको र घाँटीमा चोट लागेर अस्टिन घाइते भएका थिए ।

घाइते भएपछि आपत्कालीन सेवाहरू बोलाइएको थियो । अस्पताल लगिएपछि, बेनलाई लाइफ सपोर्टमा राखिएको थियो । उपचारको क्रममा उनको बुधबार मृत्यु भएको हो । अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको छ।