नेपालले युएइलाई दियो २३४ रनको लक्ष्य

नेपालले युएइलाई दियो २३४ रनको लक्ष्य


काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत युएइविरुद्ध आज भइरहेको खेलमा नेपालले युएइलाई २३५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको हो ।

आजको खेलमा नेपाली कप्तान रोहित पौडेलले शतक बनाए । रोहितले १३० बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । आसिफ शेखले ३५, आरिफ शेखले २७, दिपेन्द्र सिंह ऐरीले २३, करण केसीले १३ रन बनाए ।

युएइका लागि जाहिद अलीले ४ विकेट लिए । जुनैद सिद्दिकले ३ विकेट, मुहम्मद रोहिद र हैदर अलीले १–१ विकेट लिए ।