कांग्रेसमा गतिरोध अन्त्य गर्न डा. शेखर कोइरालाको पहल: नियमित महाधिवेशन कार्यतालिका ल्याउने छलफ
काठमाडौं, कार्तिक १४। नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टी नेता डा. शेखर कोइराला सक्रिय भएका छन्। उनले आज बिहान आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा निकटस्थ पदाधिकारीहरूसँग महत्त्वपूर्ण छलफल गरेका छन्।
छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी थिए।
पार्टीभित्र लामो समयदेखि देखिएको नेतृत्व र संगठनात्मक विवादले महाधिवेशन प्रभावित बनेको अवस्थामा डा. कोइरालाले गतिरोध हटाई नियमित प्रक्रियामा फर्काउने प्रयास थालेका हुन्।
डा. कोइरालाले पार्टी एकताको सन्देश दिन र विधानसम्मत प्रक्रिया अघि बढाउन दबाब दिने रणनीति बनाएको बुझिएको छ।
कांग्रेसले आगामी महाधिवेशन २०८२ मंसिरमा नै गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया