काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन्। सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस्तो सहमति भएको थियो। महाधिवेशनका विषयमा डा शेखर कोइराला,महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गर्ने अडान कायम राखेका छन्।
डा शेखर कोइराला पक्षले पुस मसान्त र संस्थापन पक्षले वैशाख मा महाधिवेशन गर्ने अडान दोहोर्याएको छ। मङ्गलबार आजको बैठकमा डा कोइरालाको पक्षबाट महामन्त्री गगन थापाले पुस मसान्त तथा संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाखको कार्यतालिका र औचित्य प्रस्तुत गर्ने तयारी छ। त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ।

प्रतिक्रिया