कांग्रेसभित्रको अन्यौलबीच डा. शेखर कोइरालाको सन्देश -“महाधिवेशन नियमित र निर्वाचनअघि हुनुपर्छ”

कांग्रेसभित्रको अन्यौलबीच डा. शेखर कोइरालाको सन्देश -“महाधिवेशन नियमित र निर्वाचनअघि हुनुपर्छ”

शेखर कोइरालाले गरे आफूनिकटसँग छलफल


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा फेरि एकपटक अन्यौलता गहिरिएको छ। अहिले  जारी रहेको  केन्द्रीय समिति बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि पार्टीभित्र असन्तुष्टि र अनिश्चितता दुवै बढेका छन्। यस्तै सन्दर्भमा पार्टीका वरिष्ठ नेता डा। शेखर कोइरालाले आफ्ना निकट केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग आन्तरिक छलफल गर्दै स्पष्ट सन्देश दिनुभएको छ— कांग्रेसले संस्थागत र लोकतान्त्रिक अभ्यास कायम राख्दै नियमित महाधिवेशन आम निर्वाचनअघि सम्पन्न गर्नैपर्छ।

डा कोइरालाले छलफलका क्रममा पार्टीमा देखिएको अव्यवस्था र नेतृत्वबीचको अविश्वासप्रति चिन्ता व्यक्त गरे । उनले भनेका छन्, “महाधिवेशन नियमित हुनुपर्छ, त्यो आम निर्वाचनअघि सम्पन्न हुनुपर्छ। विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेताकार्यकर्ताको सम्मान हुनुपर्छ।”

हाल कांग्रेसभित्र सबैभन्दा विवादास्पद विषय महाधिवेशनको मिति हो। सभापति देउवा पक्षले आगामी आम निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको छ भने बिशेष महाधिबेशन माग कर्ताहरुले निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने माग अघि सारिरहेका छन्। यही विवादले केन्द्रीय समितिको बैठकमा पनि असहजता ल्याएको छ। यस्तो अवस्थामा डा कोइरालाको अभिव्यक्ति संस्थागत नियमितता र आन्तरिक लोकतन्त्रप्रतिको आह्वानका रूपमा आएको छ ।
उनले पार्टीभित्र नयाँ संवादको सम्भावना खोलेका छन् र भनेका छन् (पार्टीका नयाँ र पुराना सबै नेताहरुसंग मैले छलफल गर्नेछु
सहभागी एक नेताका अनुसार पछिल्ला केही दिनदेखि बजारमा डा कोइराला र सभापति देउवाबीच सिंगापुरमा सम्र्पक भययो भनने त्यसलाई स्पष्ट रूपमा अस्वीकार गर्दै भने , “बजारमा हल्ला चले जस्तो मेरो कांग्रेस सभापति शेरबहादुर देउवासँग सिंगापुर जाने दिन बिहानपछिको कुनै सम्पर्क भएको छैन।”

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाउने नेताकार्यकर्तालाई सम्मान गर्दे डा कोइरालाले भने पार्टीभित्र असहमतिका स्वरहरूलाई दबाउने होइन, संवाद र समावेशी प्रक्रियाबाट समाधान खोजिनुपर्छ।

सन्तुलनमुखी धारबाट अगाडी बढदै गरेका डा कोइरालाले पार्टीभित्र संस्थागत सन्तुलन, पारदर्शिता र नेतृत्वबीचको विश्वास पुनर्स्थापनाले मात्रै काँग्रेसको भविष्य उज्जल हुने बताएका छन् ।