पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्छ : डा कोइराला

पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्छ : डा कोइराला


काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताउनुभएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २७ जना केन्द्रीय सदस्यसंगको कुराकानीमा नेता शेखर कोइरालाले भन्नुभयो मनियमित महाधिवेशनका पक्षमा पहिलादेखि नै भएको र पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ।’ अ सभापति देउवा प्यानलबाट केन्द्रीय सदस्य जितेकाहरूले आज विशालनगरस्थित सम्पर्क कार्यालय पुगेर नेता कोइरालासँग दुई घन्टा कुराकानी गरेका हुन्। देउवानिकट २७ केन्द्रीय सदस्यहरूले नेता कोइरालासँग छलफल गर्दा त्यहाँ सहमहामन्त्रीद्धय जीवन परियार र बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, रामकृष्ण यादव, सञ्जय गौतम, गोविन्दराज पोखरेल पनि थिए। सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठ, तारामान गुरूङ, जानकी सिंह चुनावअघि महाधिवेशनका पक्षमा छन्। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ।
चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका सभापति देउवानिकट केन्द्रीय सदस्यहरूले १५ औं महाधिवेशन कार्यतालिका ल्याउन केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित ७ बुँदे मागपत्र बुझाएका छन् भने सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई यसअघि नै भेटिसकेका थिए। साथै उनीहरूले आज नेता शेखर कोइरालासँग भेटेर नियमित महाधिवेशन कार्यतालिका ल्याउन पहल गरिदिन आग्रह गरेका हुन्।

करिब दुई घन्टा कुराकानीमा केन्द्रिय सदस्यहरुले हिजो सानेपामा बसेको केन्द्रीय समिति बैठकमा किन १५ औं महाधिवेशन कार्यतालिका आएन भनेरराखेको जिज्ञासामा नेता कोइरालाले किन १५ औं महाधिवेशन कार्यतालिका केन्द्रीय समितिमा ल्याइएन भन्ने विषयमा आफू पनि अनविज्ञ रहेको बताएका थिए। उनीहरुले नियमित महाधिवेशनका पक्षमा अलि दह्रोसँग उभिन डा कोइरालालाई दवाव दिएका छन् । केन्द्रीय समितिले पुस मसान्तभित्रको कार्यतालिका ल्याएर भए पनि १६ औं महाधिवेशन गर्नुपर्ने पक्षमा कोइराला छन्।

यदि पुस मसान्तभित्र १५ औं महाधिवेशन गर्न नसक्ने हो भने केन्द्रीय समिति बैठकबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने कोइरालाको भनाइ छ। ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेको अवस्था छ। त्यतिमात्र होइन, केन्द्रीय समितिले नै सर्वसम्मत रूपमा विशेष महाधिवेशनमा जाने निर्णय गर्‍यो भने विवाद कम हुन्छ, नियमित महाधिवेशन गर्न नसकेको खण्डमा केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्छ,’ कोइरालाले देउवा पक्षका केन्द्रीय सदस्यहरूसँग भने।