फेरि सर्यो काँग्रेस केन्द्रिय समिति बैठक सोमबारसम्म

फेरि सर्यो काँग्रेस केन्द्रिय समिति बैठक सोमबारसम्म


काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन भएको छ। यसअघि २०८२ मंसिर १४ गते ९आइतबार० दिउँसो २ बजे बस्ने तय भएको बैठक एक दिन पछि सरेर मंसिर १५ गते (सोमबार)दिउँसो २ बजे बस्ने भएको पार्टीले जनाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्नेछ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ, “केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, सदस्य, आमन्त्रित केन्द्रीय सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई यही मंसिर १५ गते दिउँसो ठीक २ बजे अनिवार्य उपस्थित हुन निर्देशानुसार हार्दिक अनुरोध गरिन्छ।”