बालकृष्ण खाँणले बोलाए नियमित महाधिवेशन पक्षधर केन्द्रिय सदस्यको भेला

बालकृष्ण खाँणले बोलाए नियमित महाधिवेशन पक्षधर केन्द्रिय सदस्यको भेला


काठमाडौ । नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि आज छुट्टै भेला गर्ने भएको छ। एक केन्द्रीय सदस्यका अनुसार दिउँसो २ बजे मध्यवानेश्वरस्थित सनराइज क्याफे एन्ड ब्याकेटमा बस्नेगरी भेला बोलाइएको हो।

भेलामा नियमित छलफलमा जुट्दै आएका ७० बढी केन्द्रीय सदस्य उपस्थित हुने उनले बताए। समूहलाई एकताबद्ध राख्न तथा आगामी रणनीतिबारे छलफल गर्न बालकृष्ण खाँणको अगुवाइमा आजको भेला बस्न लागेको ती केन्द्रीय सदस्यले जानकारी दिए। यो समूह विशेष महाधिवेशन गर्नै नहुने पक्षमा छ। त्यसो त यो संस्थापन पक्ष पार्टीको १५औँ महाधिवेशन चुनावअघि गर्न नहुने अडानमा पनि छ।

नियमित महाधिवेशन त्यो पनि वैशाखमा गरिपर्ने अडान यो समूहले लिएको छ।