काठमाडौँ। एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ ।
स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उद्घाटनको खुल्ला सत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने बताएका हुन् । बन्द सत्रमा करिब ५०० स्वयंसेवक खटाइने उनले बताए ।
एमालेको ११ औँ महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ ।
संयोजक ढकालका अनुसार स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट खटाइने छ । एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ ।
उद्घाटन समारोहको मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक परिचालन भइसकेका छन् । उद्घाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।
एमाले महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुनेछ । महाधिवेशनमा आयोजक र निर्वाचित गरी २ हजार ४०० प्रतिनिधि रहने एमालेले जनाएको छ ।

प्रतिक्रिया