एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद


सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका-५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको  टोलीले नियन्त्रणमा लिएको हो । त्यसका चालक रौतहटको यमुना माई गाउँपालिका-४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको  छ ।

यसैबीच, लालबन्दी नगरपालिका-११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायण खोलाका २५ वर्षीय गङ्गाबहादुर वाइबालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।