काठमाडौँ । असोज २१ गते मृत फेला परेकी मोरङ, लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।
गौतमको हत्या गरेको अभियोगमा प्रहरीले उनकै छिमेकी पदम अधिकारीलाई पक्राउ गरेको हो। ५६ वर्षीय अधिकारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।
असोज २१ गते दिउँसो घरबाट निस्किएकी उनको बेलबारी चिसाङ सामुदायिक वनमा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरबाट हराएकै दिन अंशुको हत्या भएको देखिएको छ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीसमेत खटिएका थिए । मृतक अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्।

प्रतिक्रिया