मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तारः कांग्रेस, जनमत र एसबाट १–१ मन्त्रीले लिए शपथ

मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तारः कांग्रेस, जनमत र एसबाट १–१ मन्त्रीले लिए शपथ


 

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश मन्त्रीमण्डल विस्तार गरेका छन्।

उनले जनमत पार्टीबाट प्रदेश सांसद महेश यादवलाई अर्थमन्त्री, कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिष पटेल विना विभागीय मन्त्रीको जिम्मेवारी दिएका छन्।

नवनियुक्त तीनै जना मन्त्रीहरूले आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट सपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।