काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् ।
आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरवार पुगेका प्रसाईँले सो क्रममा प्रधानमन्त्री कार्कीलाई मूर्ति उपहार दिएका हुन् ।
नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियनाका संयोजक समेत रहेका प्रसाईँले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल भएको छ ।
स्रोतका अनुसार, प्रसाईँको तर्फबाट १९ जना वार्तामा सहभागी छन् । भेटघाटले राजनीतिक तनावपूर्ण वातावरणमा नयाँ मोड ल्याउने बताइएको छ ।
प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईँलाई मंसिर २२ गतेको समय दिइएको थियो ।
यो भेटमा प्रसाईँले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया