काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगले निर्वाचन कार्यतालिका अनुसार यहिँ मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गराएका मतदाताको नामसमेत समेटेर १ करोड ९० लाख भन्दा बढी मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
प्रारम्भिक नामावली सार्वजनिक गरेसँगै आयोगले मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु गरेको छ । आयोगको शनिबारको निर्णय अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने सबै नेपाली नागरिकलाई मतदाता नामावली अद्यावधिक गर्न पाइने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया