काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरू मनोनीत गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानबिन समिति संयोजकमा सहमहामन्त्री महेन्द्र यादव र सदस्यहरूमा शिवप्रसाद हुमागाईँ, गोविन्दराज पोखरेल, अजय बाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनीत गरेको हो ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण)को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यतासम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नका लागि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन भएको हो।

प्रतिक्रिया