संयमताको लोटा फुटाए उद्दण्डको घैँटो फुटाउने कर्णबहादुर थापाको चेतावनी

संयमताको लोटा फुटाए उद्दण्डको घैँटो फुटाउने कर्णबहादुर थापाको चेतावनी


काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले आफूहरूको संयता र शान्तिको लोटा फुटाउने प्रयास भए उद्दण्डहरुको घैँटो फुटाउने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न नदिनेतर्फ सङ्केत गर्दै यस्तो बताएका हुन् ।

‘यदि हाम्रो संयतता र शान्तिको लोटा फुटाउने कोसिस भए उद्दण्डहरूको घैँटो फुट्न सक्छ । यो कुरा हेक्का राख्न जरुरी छ’, थापाले भने, ‘हामी पार्टीमा परिवर्तन गर्न र जबजको मर्मअनुसार चलोस् भन्ने चाहिरहेका छौँ । ’

उनले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै महाधिवेशनमा ओलीले लिस्ट पढेर केन्द्रीय कमिटीको गठन गर्न लागेको भन्दै आपत्ति जनाए । थापा ईश्वर पोखरेल समूह निकट छन् । एमाले महाधिवेशनमा ओली र पोखरेल समूहबिच प्रतिस्पर्धा हुने बताइएको छ ।