काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।
केन्द्रीय निर्वाचन समितिले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।
सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
१ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ । ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ । ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको छ ।
आयोगका अध्यक्ष डा. विजय सुब्बाले ८० वटा मेसिनबाट मतदानको व्यवस्था गर्न लागिएको बताए । २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि निर्वाचनमा भाग लिँदैछन् ।
उम्मेदवारको नामावली

प्रतिक्रिया