राष्ट्रपतिको राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा

राष्ट्रपतिको राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा स्वीकृतसमेत भइसकेको छ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री थापाले कांग्रेस राजनीतिमा सक्रिय हुन राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका हुन् । कांग्रेसको महाधिवेशनमा उम्म्ेदवार बन्ने तयारी उनको छ ।

उनी माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्ने तयारीमा छन् । थापाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि धनकुटाबाट सिफारिस गरिएको छ । उनले सक्रिय राजनीति गर्न आफूले राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएको बताएका छन् ।