एमालेको ११औं महाधिवेसनः दिउँसो २ः३० सम्म खस्यो ५५५ मत

एमालेको ११औं महाधिवेसनः दिउँसो २ः३० सम्म खस्यो ५५५ मत


 

काठमाडौं। नेकपा (एमाले) को ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बुधबार विहान साडे ९ बजेबाट शुरु भएको मतदान पाँच घण्टामा ५५५ मत मात्र खसेको छ।

राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदानका क्रममा दिउँसो साडे दुई बजेसम्म एक चौथाई मत मात्र खसेको एमालेले जनाएको छ।

एमालेको नयाँ नेतृत्वका लागि भइरहेको मतदानमा दुई हजार दुई सय ६३ जना मतदाता रहेका छन्। भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन्।

एमालेको नेतृत्व लिन अध्यक्ष केपी शर्मा ओली तेहेरिने दाउमा छन् भने पार्टी बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उनलाई टक्कर दिई रहेका छन्। ओली र पोखरेल दुवै नेताले प्यानल नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन्।