काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।
आयोगका अनुसार कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ । ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन्। मतदान बुधबार बिहान ९:३० बजेदेखि मतदान सुरु भएको थियो।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको थियो। मतगणना ८ बजेबाट सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया