काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनअन्तर्गत महासचिव पदमा शंकर पोख्रेलको विजय निश्चित भएको छ।
निर्वाचन प्रक्रियाबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार पोख्रेलले १ हजार २ सय २८ मत हासिल गरेका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत प्राप्त गरेका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ।
यसअघि अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतका साथ विजयी भइसकेका छन्। यस निर्वाचनमा ओलीले ईश्वर पोखरेलसँग प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए।
महासचिव पदको नतिजासँगै एमालेको नयाँ नेतृत्व संरचना र आगामी संगठनात्मक तथा राजनीतिक कार्यदिशा थप स्पष्ट हुँदै जाने अपेक्षा गरिएको छ।

प्रतिक्रिया