मिराज ढुंगाना समूहद्वारा संयुक्त जेन जेड आन्दोलनको घोषणा

मिराज ढुंगाना समूहद्वारा संयुक्त जेन जेड आन्दोलनको घोषणा


काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन जेड’ आन्दोलन घोषणा गरेको छ ।

आज एक कार्यक्रमबीच आन्दोलनको घोषणा गर्दै उक्त समूहले भोलि माइतीघरमा ११ बजे भेला हुन आव्हान गरेको हो ।

भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ । सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनको टिप्पणी छ ।

कार्की सरकारले जेन जेड आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेतृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरेका छन् ।

सबै पक्षलाई विश्वासमा लिन सक्ने राजनीतिक नेतृत्व देशका लागि आवश्यक भएको ढुंगानाले बताएका छन् ।