तेह्रथुमबाट प्रत्यक्ष उम्मेदवारमा गगनसँगै सीताको नाम थपेर पठायो प्रदेशले

तेह्रथुमबाट प्रत्यक्ष उम्मेदवारमा गगनसँगै सीताको नाम थपेर पठायो प्रदेशले


 

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमले प्रत्यक्षतर्फको उम्मेदवारको नाम सिफारिस गर्दा महामन्त्री गगनकुमार थापाको मात्र एकल सिफारिस गरेकोमा पार्टीको कोशी प्रदेश समितिले त्यसमा नाम थप गरेको छ।

कोशी प्रदेश कार्यसमतिका उपसभापति रमेशजंग रायामाझीका अनुसार तेह्रथुम जिल्ला कार्यसमितिले केन्द्रको परिपत्र विपरित त्यसक्षेत्रबाट अघिल्लो संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सांसदको नाम हटाएकाले थप गरि पठाईएको हो।

राभयामाझीले भने, ‘अघिल्लो संसदीय निर्वाचन तेह्रथुपमबाट प्रत्यक्षतर्फ कांग्रेसबाट निर्वाचित एक मात्र महिला सांसद सीता गुरुङ जो केन्द्रीय सदस्य पनि हो, उहाँलाई जिल्लाले कारबाही गर्न सक्छ र? कि उहाँलाई केन्द्रले कारबाही गरेको हुनु पर्यो, नत्र एकल नाम पुरुषको मात्र पठाएकाले गुरुङको नाम थप गरेर पठाइएको हो।’

निवर्तमान सांसद सीता गुरुङ पार्टीको १५औं महाधिवेशनको पूर्वसन्ध्यामा गठित सदस्यता छानबिन समितिको सदस्य पनि हो। तेह्रथुममा महामन्त्री गगनकुमार थापा समूहको वर्चस्व रहेकै कारण पूर्वाग्रह सांधेर गुरुङको नाम सिफारिस नभएको कांग्रेसका स्थानीय नेताहरु बताउँछन्।

महामन्त्री थापानिकटका पूर्वसांसद तुलसी सुब्बालाई गत निर्वाचनमा गुरुङलाई हराउन भूमिका खेलेको आरोपमा अनुशासनको कारबाही गरिएको थियो।

उनै अनुसाशनमा कारबाहीमा परेका सुब्बाको कारबाही फुकुवा नभएको र पुनरावेदनको विषय केन्द्रबाट नटुंगिएकाले जिल्लाले गुरुङलाई उपेक्षा गर्दै थापाको नाम मात्र पठाएको बुझिएको छ।