मनाइयो बार एशोसियशनको ७० औँ स्थापना दिवस

मनाइयो बार एशोसियशनको ७० औँ स्थापना दिवस


काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले ७० औँ स्थापना दिवस मनाएको छ । सोमबार रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरूको तस्बिरमा माल्यार्पण गरेर बार डे मनाइएको हो ।

कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत लगायत माल्यार्पण कार्यक्रममा सहभागी भएका थिए । बार एसोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बार दिवस-२०८२ विभिन्न कार्यक्रमको आयोजना गरी देशैभरका कार्यालयहरूमा मनाइएको जानकारी दिए ।

उनले नेपालको न्यायपालिकालाई स्वच्छ, निष्पक्षका साथै मुलुकमा संविधानवाद स्थापनाका लागि बार सदैव तत्पर रहेको बताए । २०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ ।