जेनजी आन्दोलनपछि देउवा-ओली दोस्रोपटक महाराजगञ्जमा भेट

जेनजी आन्दोलनपछि देउवा-ओली दोस्रोपटक महाराजगञ्जमा भेट


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सामेल छिन् । कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् ।

यसअघि मंसिर १० गते एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए । देउवा-ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । भदौको जेनजी आन्दोलनपछि देउवा-ओली दोस्रोपटक भेटेका हुन् ।