काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ ।
आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालयमा सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले अनुगमन गर्ने भएका हुन् ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ ।
कार्यालय अनुगमनका लागि सुरुमा काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम छ । त्यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमालेको कार्यालय च्यासल, नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडा जाने तालिका छ ।
आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ।

प्रतिक्रिया