स्वर्णिम वाग्लेको दाबी : ‘संसद्को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन’

स्वर्णिम वाग्लेको दाबी : ‘संसद्को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो संसद्को वैधता पूर्णतः सकिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका हुन् ।

‘अगाडिको उज्यालो बाटो’ उनले लेखेका छन्, ‘२३ भदौको नरसंहारका लागि जिम्मेवार एमाले-काँग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसद्को वैधता पूर्णतः सकिएकोले त्यसको पुनर्स्थापना हुँदैन ।’

२१ फागुनमा हुने चुनावबाट आउने परिणामले पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउने उनको विश्वास छ ।

‘२१ फागुनको आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउनेछ’ उनको दाबी छ, ‘त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ ।’