सुरु भयो राष्ट्रपति,प्रधानमन्त्री र तीन शीर्ष नेताबिचको बैठककाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा विघटित प्रतिनिधिसभाका तीन ठूला दलका नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठक सुरु भएको छ ।
राष्ट्रपतिको सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री कार्कीसँग राष्ट्रपति पौडेलले छलफल सुरु गरेको जानकारी दियो । दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवास बोलाइएको छलफल केही बेर ढिला गरी सुरु भएको हो । छलफलको एजेण्डाबारे राष्ट्रपतिले केही बताएको छैन ।
निकटस्थ स्रोतले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा छलफल गर्न मुख्य दलका प्रमुख र प्रधानमन्त्रीलाई एकै ठाँउमा राखेर छलफल गर्न लागेको जानकारी दिएको छ

प्रतिक्रिया