प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय

प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय


काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश सभा अन्तर्गतको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभामा रहेका १९ जनाको नाम हटाउने प्रस्ताव पास गरेको हो ।

‘प्रदेश सभामा बन्द सूचीमा रहेका साथीहरू बन्द सूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको सूची त्यहाँ पढियो र त्यसलाई पास गरियो,’ प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘निर्वाचन आयोगलाई त्यो बारेमा जानकारी गराउने भन्ने भएको छ ।’