‘काँग्रेस निर्वाचनतर्फ केन्द्रित हुनुको विकल्प छैन’ : गगन थापा

‘काँग्रेस निर्वाचनतर्फ केन्द्रित हुनुको विकल्प छैन’ : गगन थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने कुनै निर्णय नगरेको बताएका छन्।

कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूलाई सोध्ने सांसदहरूलाई अदालतको बाटोमा नजान भनेको पनि बताए।

उनले भने, ‘संसद् विघटन संविधान सम्मत छैन। अदालतमा गएकाले यो उताबाटै छिनोफानो गर्छ, काँग्रेसले अदालतमा जाने निर्णय गरेको छैन, जाँदैन पनि, अदालतले यो विषयको निर्णय गर्छ भनेकाले विघटित संसद्को कोही साथीहरू जान्छु भन्दै गर्दा तपाईँको अधिकार छैन भन्न मिल्दैन। मलाई सोध्ने साथीहरूलाई यो मुद्दा लिएर अदालत जानुभएको छैन।’

उनले पार्टी निर्वाचनतर्फ केन्द्रित हुनुको विकल्प नभएको बताए। प्रवक्ता डा. प्रकाशशरण महतले पनि पार्टीले निर्वाचनमा जाने कुरा गरेको बताए।

उनले भने, ‘हामीले निर्वाचनमा जाने भनेका छौँ। सरकारले फागुन २१ गते निर्वाचन गरेन भने के गर्ने रु भन्ने कुरा छ। शीर्ष नेताहरूसँग पनि राष्ट्रपतिले गरिराख्नुभएको छ। हामी निर्वाचनको लागि तयार छौँ। निर्वाचन नभए पुनर्स्थापनाको ढोका बन्द गर्न हुँदैन।’