राजेन्द्र लिङ्देन र कमल थापाबीच एकता सहमति पत्रमा हस्ताक्षर

राजेन्द्र लिङ्देन र कमल थापाबीच एकता सहमति पत्रमा हस्ताक्षर


काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् ।

दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ ।

दुई नेताबीचको बुधबारको छलफलले एकताको विषय टुंगो लगाएको थियो ।