काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन् ।
ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको भेटपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका हुन् ।
विघटित प्रतिनिधि सभाका सदस्य शर्माले भने, ‘संसद् पुनर्स्थापना गर्दा के हुन्छ-हुँदैन भन्ने विषयमा हाम्रो छलफल केन्द्रित भयो ।’
उनले बालेनले अन्य दल र समूहसँग गरिरहेको छलफलको विषयमा भने अनभिज्ञता जनाए । ‘अरूसँग के भइरहेको छ, मलाई थाहा हुने कुरो भएन,’ शर्माले भने । नेता शर्माले आफूलाई ५-१० वर्षपछिको काँग्रेस सभापतिको रूप प्रस्तुत गर्दै पार्टी भने नछाड्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया