बालेन–रवि भेटवार्ता सम्पन्न, लामिछाने हँसिलो अनुहारसहित बाहिरिए

बालेन–रवि भेटवार्ता सम्पन्न, लामिछाने हँसिलो अनुहारसहित बाहिरिए


काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको भेटवार्ता सम्पन्न भएको छ।

ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको निवासमा उनीहरूबीच छलफल भएको हो। छलफलपछि रवि लामिछाने केहीबेरअघि त्यहाँबाट बाहिरिएका छन्।

भेटवार्ताको विषयवस्तुबारे लामिछानेले औपचारिक रूपमा केही खुलाएका छैनन्। तर सञ्चारकर्मीको प्रश्नमा उनले ‘मेरो अनुहारले के भन्छ र ?’ भन्दै प्रतिक्रिया दिएका थिए।

उनी बाहिरिँदा उनको अनुहार उज्यालो र हँसिलो देखिएको थियो।