गोरखा-१ मा ‘प्रचण्ड’ र गोरखा-२ मा नारायणकाजी श्रेष्ठको नाम सिफारिस

गोरखा-१ मा ‘प्रचण्ड’ र गोरखा-२ मा नारायणकाजी श्रेष्ठको नाम सिफारिस


काठमाडौँ । नेकपा, गोरखाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर १ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम सिफारिस गरेको छ ।

बुधबारको कार्यालय बैठकले निर्णय गरेर बिहीबार नाम केन्द्रीय समितिमा सिफारिस गरिएको नेकपाका केन्द्रीय सदस्य अमर तमुले बताए ।

गोरखा क्षेत्र नम्बर(१ मा ‘प्रचण्ड’सहित हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिस भएको छ । दाहाल यसअघिको २०७९ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।

त्यस्तै क्षेत्र नम्बर २ बाट नारायणकाजी श्रेष्ठ, लेखनाथ न्यौपाने, हितराज पाण्डे, सानुमाया बस्नेत र अनिष अर्यालको नाम सिफारिस गरिएको तमुले बताए ।