काँग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता

काँग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । सञ्चार मन्त्री खरेल शुक्रबार बिहान देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका हुन् ।

भेटका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन साथसाथै समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।

मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।