काठमाडौँ । गृह मन्त्रालयले मातहतका ११ जना सहसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेका छ भने १ जना उपसचिवलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो। अर्याललले सरुवा गरेकामध्ये ११ सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक जनालाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन्।
नुवाकोटका सीडीओ शशीधर घिमिरेको सरुवा गर्दै कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाएका छन्।
गृह मन्त्रालयमा रहेका सहसचिवहरू राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराम प्रसाईलाई प्युठान, उमेश ढुङ्गानालाई लमजुङको सीडीओको जिम्मेवारी दिइएको छ।
पर्वतका सीडीओ हरिप्रसाद घिमिरेलाई दोलखामा सरुवा गरिएको छ । तनहुँका सीडीओ रामकृष्ण अधिकारीको सिन्धुपाल्चोकमा सरुवा गरिएको छ भने त्यस्तै, भोजपुरका सीडीओ शिवलाल तिवारीको तनहुँमा सरुवा गरिएको छ।

प्रतिक्रिया