काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएकै समयमा नियमित महाधिवेशन सुनिश्चित गर्ने गरी नयाँ व्यावहारिक कार्यतालिका बनाउने निर्णय गरेको हो ।
काँग्रेस का प्रचार बिभागका प्रमुख मीन विश्वकर्माका अनुसार पुस ८ भित्र क्रियाशील सदस्यता टुंगो नलागेर अन्य प्रक्रिया प्रभावित हुने भएकाले परिमार्जन आवश्यक भएको हो । बैठकमा वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रूपान्तरणको जोड दिइएको छ ।

प्रतिक्रिया