जेनजी अभियन्ता सुदन गुरुङले रबि र बालेनको मिलनमा यस्तो छ टिप्पणी

जेनजी अभियन्ता सुदन गुरुङले रबि र बालेनको मिलनमा यस्तो छ टिप्पणी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच ७ बुँदे सहमति भएपछि जेनजी अभियन्ता सुदन गुरुङले टिप्पणी गरेका छन् । आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र बालेनको फोटो राख्दै उनले जेनजी समूहको आगामी योजना सार्वजनिक गरेका छन् ।
उनले रास्वपाले अब चुनावको तयारीमा ध्यान दिन सक्ने भन्दै आफूहरु भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधानमा केन्द्रित हुने बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा गुड मर्निङ्ग लेख्दै भनेका छन्, ‘अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ। हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौं ।’ उनले रवि र बालेन मिल्नुपर्ने बताउँदै आएका थिए ।
आइतबार बिहानै रास्वपा र बालेनबिच भएको ७ बुँदे सहमतिमा चुनावपछि बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाउने तथा रवि लामिछाने पार्टीको नेतृत्वमा रहने उल्लेख छ । जसअनुसार बालेन रास्वपाबाट राजनीतिमा सक्रिय हुनेछन् ।