काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने समय परिमार्जन गर्न नेपाली कांग्रेसले माग गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बोलाएको तीन दलीय शीर्ष नेताको बैठकमा सभापति शेरबहादुर देउवाले गरेको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयअवधि थप्न गरेको माग पुरा गर्न नसक्ने बताएको छ।
तगसोमबार प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले समेत समानुपातिकको बन्दसूची बुझाउने समय थप गर्न आग्रह गरेका थिए।
सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यतालिकासहित समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउने मिति आज र भोलिलाइृ तोकेको छ।
विगटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले समानुपातिक तर्फको बन्द सूची बुझाउन केही गाह्रो भएको भन्दै परिमार्जनका लागि आग्रह गरेको हो।
शनिबार प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति देउवाले आफूहरू सरकारले निर्वाचनको वातावरण बनाए निर्वाचनमा जान तयार रहेको बताएका थिए।
निर्वाचन आयोगले सरकारलाई आयोगले निर्धारण गरेको तिथि मिति परिवर्तन गरेमा निर्धारित मितिमा निर्वाचन हुन नसक्ने बताउँदै आएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आफूहरूलाई बन्दसूची बुझाउने मिति सार्न कसैको औपचारिक आग्रह नआएको तर, सरकारलाई आफूहरूले तिथि मिति परिवर्तन गर्न थालिए निर्धारित मितिमा निर्वाचन हुन नसक्ने बताएको जानकारी दिए।
निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका नै एकदमै टाइट भएकाले तलमाथि गर्न सकिने अवस्था नरहेको बताउँदै आएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा समानुपातिक तर्फका उम्मेदववारको चयन गर्न विधान बमोजिम उम्मेदवार चयन गर्ने अधिकार पाएको संसदीय समिति कांग्रेसले अझै गठन गर्न सकेको छैन। पार्टीको कार्यसम्पादन समितिबाट निर्णय गरेर बन्दसूची बुझाउने तयारी भइरहेको स्रोतले जनायो।
अहिले कांग्रेसमा विभिन्न समूह र प्रभावशाली नेताबाट बन्द सूचीमा राख्नु पर्ने उम्मेदवारको सूची संकलन गरिँदैछ। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक विगत दुई सातादेखि बसिरहेको छ।

प्रतिक्रिया