काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्।
नयाँलाई अवसर दिनुपर्ने भन्दै प्रत्यक्ष र समानुपातिकतर्फ पनि उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्।
उनले फेसबुकमा लेखेकी छन्, ‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !’

प्रतिक्रिया