काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालसँग पार्टी एकताको चर्चा चलिरहेका बेला नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरेकी छन् ।
पेरिसडाँडामा आयोजित भेटमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँग रन्जिताले संवाद गरेकी हुन् ।
भेटमा आगामी निर्वाचनका लागि चुनावी तालमेल गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया