नेकपा छाड्दै शैलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष घिसिङले गरिन् उज्यालो नेपालमा प्रवेश

नेकपा छाड्दै शैलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष घिसिङले गरिन् उज्यालो नेपालमा प्रवेश


काठमाडौँ। तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित दोरम्बा सैलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष कृशला घिसिङ उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन् ।

नेपाली कम्युनिस्ट पार्टीको नेता रहेकी कृशला आइतवार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी हुन् । उनी २०७४ मा गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी हुन् ।

पुराना पार्टीले जेन जेड आन्दोलनको मर्म बोक्न नसक्ने भएकाले अब नेकपामा नरहने बताइन् ।

रामेछाप कुलमानको गृहजिल्ला हो र माओवादीका रामकृष्ण लामा, खड्ग घिसिङ, अन्जान लामा लगायतका पूर्व जनप्रतिनिधिहरू उज्यालो नेपालमा प्रवेश गरिसकेका छन् ।