अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च


काठमाडौं ।

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्री दर १३३.४४ रुपैयाँ पुगेको छ। यसअघि भदौ १ गते एक अमेरिकी डलरको मूल्य १३३.३४ रुपैयाँ पुगेको थियो।

आज एक अमेरिकी डलरको खरिद दर भने १३२.८४ रुपैयाँ तय भएको छ।

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो भएको हो । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ।

नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ। यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ। एक डलर बराबर ८३.१३ भारतीय रुपैयाँ तय भएको छ।