काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार बनेका छन्।
जनमोर्चाले आज (पुस १३ गते) निर्वाचन आयोगमा अध्यक्ष केसीको नाम १ नम्बरमा राखेर समानुपातिक उम्मेदवारहरूको बन्द सूची दर्ता गराएको हो।
अध्यक्ष केसी बागलुङ जिल्लाको क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।
केही समय यता परिवारको स्वास्थ्य समस्याका कारण रुपन्देहीस्थित घरमा बस्दै आएका केसीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि रश्मीराज नेपालीलाई दिएका छन्।
जनमोर्चाले बुझाएको समानुपातिकको बन्द सूचीमा कार्यकारी अध्यक्ष नेपालीको नाम पनि समावेश रहेको महासचिव मनोज भट्टले जानकारी दिए।

प्रतिक्रिया