काठमाडौ ।नेपाली कांग्रेसले सहमति बिना नै समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवारको अन्तिम सूची टुङ्गो लगाउने कोशिश गर्दा पनि सहमति जुट्न नसकेपछि निर्वाचन आयोगले दिएको समय सिमामा सच्याउने गरी नेताहरू आयोगमा दर्ताका लागि पुगेको एक नेताले विकासटाइम्सलाई बताए ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माको नेतृत्वमा एक टोली आयोग पुगेको बताइएको छ। आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन भएकाले प्रमुख दलहरूले अन्तिम समयमा सूची दर्ता गरिरहेका छन्।
यसअघि कांग्रेसभित्र समानुपातिक सूचीलाई लिएर व्यापक विवाद र असन्तुष्टि व्यक्त भएको थियो। विभिन्न क्लस्टर र समुदायको प्रतिनिधित्वमा सन्तुलन मिलाउन नेतृत्वलाई चुनौतीपूर्ण भएको चर्चा चलेको थियो।

प्रतिक्रिया