काँग्रेसले बुझायो समानुपातिकको बन्दसूची

काँग्रेसले बुझायो समानुपातिकको बन्दसूची


काठमाडौँ। आसन्न प्रतिनिधि सभा चुनावका लागि नेपाली काँग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

यसपटकको सूचीमा विगतमा समानुपातिकमा अवसर पाएकालाई नदोहोर्‍याइएको काँग्रेसले जनाएको छ ।

समानुपातिक बन्द सूचीमा पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बेको पनि नाम अटाइएको छ । कोशी प्रदेशबाट समानुपातिकका लागि उनको नाम सिफारिस भई आएको थियो ।

२०७९ को चुनावमा एमालेका वसन्त नेम्वाङसँग ४७ मतको कमीले स्तब्ध भएका भीष्म २०७४ मा पनि एमालेकै वसन्तसँगै पराजित भएका थिए । २ पटक लगातार पराजय भोगेको र जिल्लामा पनि उनको पार्टीभित्रै आधार कमजोर बन्दै गएपछि आदिवासी जनजातिबाट पहिलो नम्बरमा समानुपातिकतर्फ उनी बस्न खोजेका थिए ।