काठमाडौँ । नेकपा एमालेका पूर्व सांसद वासुदेव घिमिरेले पार्टी छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै उनले एमालेको जिम्मेवारीदेखि अलग भएको घोषणा गरेका हुन्।
उनले लेखेका छन्-अहिले आम जनताको चाहना सुशासन, विकास, संवृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र संवृद्धि राजनीतिको अनिवार्य शर्त हो। पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु।’
उनले सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई संवृद्धिको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाका लागिरहने बताएका छन्।

प्रतिक्रिया