काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणा सभा आयोजना गरिएको छ ।
यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ ।
पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।
०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।
थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

प्रतिक्रिया